शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

चेल्सीलाई हराउँदै लिभरपुललाई सुपर कपको उपाधि

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ ।

    गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो ।

    युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् ।

    सुपर कपको निर्धारित समयमा चेल्सीका ओलिभर जिरु र लिभरपुलका सदिायो मानेले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो ।

    अतिरिक्त समयमा लिभरपुलका माने र चेल्सीका जर्जीनोले एक एक गोल थपेपछि खेल टाई ब्रकेरमा पुगेको हो ।

    टाई ब्रकेरमा चेल्सीका ट्यामी अब्राहमको प्रहार लिभरपुलका गोलकिपर एड्रियानले रोकेपछि टोली ५–४ ले विजयी भयो ।

    जितसँगै लिभरपुलले सिजनमा शानदार प्रदर्शनलाई निरन्तरता दिंदा चेल्सी लगातार दोस्रो खेलमा पराजित भएको छ ।

    गत आइतवार चेल्सीलाई प्रिमियर लिगको सुरुवाती खेलमा म्यान्चेस्टर युनाईटेडले ४–० ले हराएको थियो ।

    गएराती सुपर कपको खेलमा भने तुलनात्मक रुपमा अनुभवी खेलाडीहरुलाई सुरुवाती एघारमा राखेको चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology