सोमवार, भदौ ९, २०७६ | Monday 26th August 2019

हिस्दुस्तानले सक्यो भने नेपाललाई सिक्किम बनाउँछ : प्रदिप गिरी

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले नेपालको सबैभन्दा ठूलो विफलता कूटनीति भएको बताएका छन् ।

    अन्तराष्ट्रिय सम्बन्ध समितिमा समितिमा गिरीले नेपाली नेताहरुको समस्या औल्याएका हुन् । अध्ययन कम हुने, स्वार्थ सानो राख्ने र बोली ठूलो हुने गरेको उनको विश्लेषण छ ।

    नेताहरुले हिन्दुस्तानले नेपालाई सिक्कम बनाउँछ, भुटान बनाउँछ भन्ने गरेको भन्दै उनले भने, हिस्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो । सक्यो भने भुटान बनाउँछ, यो पनि तथ्य हो । तपाईं चाहिँ के गर्ने ?’

    गिरीको विचार उनकै शब्दमा

    कूटनीति के हो ? यो पहिलो समस्या त होइन नेपालले मात्र भोगेको । आर्थिक, सामरिक दृष्टिले कमजोर राष्ट्रले ठूला राष्ट्रसँग ब्यवहार गर्नुपर्ने स्थिति छ । ब्यबहार गर्ने सिद्धान्त पनि छ । ती सिद्धान्त अन्त नपढे पनि बिए, एमएमा अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा पढिन्छ । भनेको बोलेर मात्रै कूटनीतिको समस्या हल हुँदैन ।

    कूटनीतिकको पहिलो सिद्धान्त हो, संसद वा विपक्षमा बस्दा यस्ता कुरा बोल्न हुँदैन, जुन भोलि सत्तामा पुगेपछि पुर्याउन नसकियोस् । भोलि सत्तामा पुग्ने सम्भावना भएको व्यक्तिले भोट लिनका लागि, प्रेसमा वाहवाही पाउनलाई यस्ता कुरा बोल्न हुँदैन, जहाँबाट आफू पछि हट्न परोस् ।

    माननीय अग्नि (सापकोटा)जी हुनुहुन्छ । यो देशमा सुरुङ युद्धको कुरा भएन कि, ठूलो पर्खाल लगाउने कुरा भएन कि काँडेतारको कुरा भएन । अनि काँडेतार र सुरुङ युद्धको कुरा गर्ने प्रधानमन्त्री भएन कि । कूटनीति भनेको चुनाव लड्दा गर्ने भाषण होइन । जहाँ हुँदै नभएको खोलामा पनि पुल बनाइन्छ ।

    त्यसैले मलाई लाग्छ, हाम्रो सबैभन्दा ठूलो विफलता भनेको कूटनीतिक विफलता हो । स्वार्थ अत्यन्त सानो हुन्छ । साधन सानो हुन्छ । बोली भने ठूलो हुन्छ ।

    एकदम सहि कुरा हो । हिस्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो । सक्यो भने भुटान बनाउँछ । यो तथ्य हो । तपाईँ के गर्ने त ?

    बारम्बार सिक्किम बनायो, भुटान बनायो भनेर त हुँदैन । चीनले तिब्बत बनायो । हिन्दुस्तानले काश्मिर खायो । दैनिक खायो खायो, तपार्इँ के गर्ने त ? यो हाम्रो कूटनीतिसम्बन्धी जानकारी न्युनतम भएको कुरा यो समितिमा आएर बोध गरेको छु ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कोलोराडोमा अमेरिकी सांसद काङ्ग्रेस म्यान जो नेगस्  र नेपाली समुदायबीच अन्तरकृया
    आज झन् आकासियो सुन-चाँदीको भाउ
    ला लिगामा बार्सिलोनाको पहिलो जित, ५-२ ले विजयी
    भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने
    जेट एयरको एयरहोस्टेस भन्दै फेसबुकमार्फत ठगी गर्ने महिला पक्राउ
    हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    भरतपुरको प्रदर्शन रोक्न अनिश्चितकालीन निशेधाज्ञ जारी
    उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
    ‘श्रीमानले झगडा गर्दैनन्, मायामात्रै गर्छन्, त्यसैले सम्बन्धविच्छेद गरिदिनुपर्यो’

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology