शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्विकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको हो ।

    नेयमारका लागि पुर्व क्लब बार्सिलोनाले सय मिलियन युरोसंगै फिलिप कौटिन्होलाई प्रस्तावमा राखेको थियो । यस्तै इभान राकिटिकलाई समेत नेयमारको बिषयमा सम्झौता गर्न सकिने बताएको थियो । यता रियल मड्रिडले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजसंगै बाँकी मुल्य नेयमारका लागि तिर्न सकिने प्रस्ताव राखेको थियो ।

    पीएसजीले भिनिसियस जुनियरको बिषयमा रियलसंग प्रश्न गरेको थियो । तर रियलले नेयमार ल्याउने बिषयमा भिनिसियसको नाम समावेश गरेन । दुवै क्लबको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको छ । तर पीएसजी नेयमारलाई रियलमा बेच्न चाहेको छ ।

    नेयमार क्लब फुटबलको सर्वाधिक महङ्गो खेलाडीको रुपमा गत सन् २०१७ मा पीएसजी गएका थिए । उनले पछिल्ला दुई सिजन ३४ गोल गरेका थिए । तर उनी पछिल्लो एक सिजन चोटका कारण धेरै समय मैदान बाहिर रहे । नयाँ सिजनको पहिलो खेलमा पीएसजीका प्रशंसकले नेयमारको विरुद्वमा नाराबाजी गरेका थिए । उनीहरुले क्लब छाडेर जान नेयमारलाई आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology