शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

मलेसियामा फेरि विषाक्त रक्सी पिउँदा एक नेपालीको मृत्यु, २ सिकिस्त

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • मलेसिया । मलेसियामा फेरि विषाक्त रक्सी सेवन गर्दा एक जना नेपालीको ज्यान गएको छ । अन्य २ जना सिकिस्त भएका छन् । गत सोमबार बकर ईदको छुट्टिका दिन साथीहरुसँग भेला भै मलेसियाको सेनावाङमा मदिरा सेवन गरेका बारा घर भएका जेभी मोनिट्रोनिक कम्पनी सेनावाङमा कार्यरत सादाई महतोको मृत्यु भएको हो ।

    विषाक्त मदिरा सेवन गरेका ह्याभी प्याक कम्पनी सेरेम्बानमा कार्यरत सिराहाका सुर्य कुमार मोची र बाराका कनौयालाल महतो बिरामी परेका छन्। छुट्टी मनाउन सेरेम्बानबाट सुर्य कुमार र कनौयालाल सेनावाङ सादाई महतोको होस्टेलमा गत आईतबार गएका थिए।

    त्यसै रात सुर्य कुमारले एकोहोरो बान्ता गर्न थालेपछि तुरुन्तै अस्पताल लगिएको थियो भने कनौया आँफै अस्पताल गएका थिए । तर सादाई महतो भने राती सुते कै ठाउमा बिहान मृत अबस्थामा फेला परेका थिए । बिरामीहरुको उपचार तुङगुजाफर अस्पताल सेरेम्बानमा उपचार भईरहेको छ।

    सुर्य कुमारलाई आईसियुमा र कनौयालाललाई वाड कक्षमा उपचार भईरहेको त्याहाँ रहेका नेपाली टीका खड्काले डिसीनेपाललाई बताए। मलेसियामा यस अघि पनि विषाक्त मदिरा सेवन गर्दा धेरै नेपालीले ज्यान गुमाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology