शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवी लामिछानेमाथि गम्भीर आरोप (मर्नुअघिको भिडियो)

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६



  • काठमाडौं। गएको साउन २० गते चितवनको एक होटलमामा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ।

    नेपाल आज यूट्युबमा अपलोड गरिएको भिडियोमा मृतक पत्रकार पुडासैनीले आत्महत्याको कारण न्यूज ट्वान्टीफोरका अर्का पत्रकार रवी लामिछाने हो भनेका छन्। उनले न्यूज ट्वान्टी फोरमै कार्यरत अर्का युवराज कँडेल र एक युवतीमाथि पनि गम्भीर आरोप लगाएका छन्।

    मर्नु अघिको भिडियो दावी गरिएको सो भिडियोमा पुडासैनीले ऋणले आफु डिप्रेसनमा परेकोसमेत उल्लेख गरेका छन् । भिडियो होटलको कोठामा खिचिएको जस्दो देखिएको छ भने उनी रोइरहेका पनि छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology