शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी, दुधबाट दैनिक १० लाख आम्दानी

  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६



  • हेटौँडा । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ। सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ। सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको छ।

    दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो, अदुवालगायत कृषिउपज बिक्री हुने गरेको छ। “गाउँपालिका व्यावसायिक र आधुनिक कृषितर्फउन्मुख हुँदै गएको छ, उत्पादनमा उल्लेख्य वृद्धि भएको छ”, परियारले भने। कृषिमार्फत समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए।

    गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो र गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ। पशु आहाराका लागि दाना उद्योग सञ्चानकोसमेत तयारी भइरहेको हुमागाईँ बताउँछन् । गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालित छन्।

    मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा हो। आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँ रुपैयाँको तरकारी, केरालगायत उत्पादन बिक्रीका लागि अन्यत्र लैजाने गरिन्छ। राज्मा, बोडी, मास, सिमी, भटमास तथा विभिन्न प्रकारका मौसमी एवम बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने गरेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology