शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

फिप्ना न्यूह्यामसरले मनायो विश्व आदिवासी दिवस

  • प्रकाशित मिति : सोमवार, भदौ २, २०७६



  • न्यूह्यामसर । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका ९फिप्ना० न्यूह्यामसर च्याप्टरले २५ औं अन्तर्राष्ट्रि आदिवासी दिवस मनाएको छ । न्यूह्यामसर राज्यको स्ट्राडमस्थित पार्कमा शनिबार आयोजित एक कार्यक्रमबीच च्याप्टरले विश्व आदिवासी दिवस मनाएको हो।

    कार्यक्रममा न्यूह्यामसर राज्यलगायत छिमेकी राज्यहरुबाट राई, लिम्बू, गुरुङ, नेवार र तामाङलगायतका विभिन्न आदिवासी जनजाति मूलका समुदायको बाक्लो उपस्थिति थियो।

    कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्कने सांस्कृतिक झाँकीहरूरु प्रदर्शन गरिएको थियो भने गीत तथा नृत्यहरू समेत प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपाली राजदूत एवं स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रवासमा बसेर पनि आफ्नो पहिचान, संस्कृति र परम्परालाई जगेर्ना गर्दै कायम राख्नु ज्यादै प्रशंसनीय भएको बताए। ‘विदेशमा बसेपनि यहाँहरूले संस्कार र संस्कृति जगेर्ना गर्न देखाउनुभएको कदम उल्लेखनीय छ’ प्रमुख अतिथि राईले भने ‘यो कार्यले भावी पिँढीलाई पनि आफ्नो संस्कार र संस्कृतिप्रति रुचि जगाउन अभिप्रेरित गर्नेछ ।’

    यसैगरी कार्यक्रममा न्यूह्यामसरका राज्य सिनेटर लाउ डी एलसेण्ड्रो,न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, वेस्र्टन मिसिगन युनिभर्सिटीका प्राध्यापक डा। महेन्द्र लावती, गुरुङ समाज न्यूह्यामसरका अध्यक्ष छत्रकुमारी गुरुङ, अमेरिकी काङ्ग्रेस कृष पापाजका प्रतिनिधि क्रिसटिना सियाहोल्टज, अमेरिकी सिनेटर जिहिन सिहिनकी प्रतिनिधि लिटिजा ओर्टिज, नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका संस्थापक अध्यक्ष शिवकुमार राईलगायतका अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology