शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

इमरान खानले भने – ‘अब भारतसँग कुरा गरेर फाइदा छैन, परमाणु युद्ध हुन्छ’

  • प्रकाशित मिति : बिहिबार, भदौ ५, २०७६



  • इस्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अब भारतसँग वार्ताको लागि अपिल नगर्ने बताएका छन् । उनले अब वार्ताभन्दा परमाणु युद्ध हुन सक्ने चेतावनी दिए । एक अन्तर्राष्ट्रिय मिडियालाई दिएको अन्तरवार्तामा इमरानले आफूले पटक पटक वार्ताको लागि आग्रह गरेको तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवाता गरेको बताए ।

    अमेरिकी अखबार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै इमरानले भने ‘अब उनीसँग कुरा गर्नुको कुनै फाइदा छैन । मैले वार्ताको लागि सबै कोसिस गरें । दुर्भाग्य नै भन्नुपर्छ कि जब म पछाडि फर्केर हेर्छु त्यतिबेला लाग्छ कि मेरो शान्ति र वार्ताको सबै कोसिसलाई उनले तुष्टीकरणको रुपमा लिए ।’ इमरानले अहिलेसम्म गरिएका बै प्रयास बेकार भएको भन्दै अब भारतसँग वार्ताको कुनै औचित्य नरहेको बताए ।

    इमरानले भारतले कश्मिरमा फर्जी अपरेशन चलाउन सक्ने आशंका गरे ताकि त्यसको आडमा पाकिस्तानविरुद्ध सैन्य कारवाहीको लागि उसलाई आधार प्राप्त होस् । यस्तो स्थितिमा पाकिस्तान जवाफ दिन बाध्य हुने उनको भनाइ थियो । इमरानले दुई परमाणु शक्ति सम्पन्न देश आमने सामने हुँदा जे पनि हुन सक्ने खतरा औंल्याए । उनले भने ‘मेरो चिन्ता यही छ कि कश्मिरको हालतले तनाव बढ्न सक्छ । दुवै देश परमाणु शक्ति सम्पन्न छन् त्यसैले विश्वले यसतर्फ ध्यान दिनुपर्छ कि हामी कस्तो हालतको सामना गरिरहेका छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology