प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
पछिल्लो समय लोक प्यार्टनमा बनेका गीतहरुलाई नेपाली फिल्ममा राख्ने टे«ण्ड ह्वात्तै बढेको छ ।
जसको निरन्तरता राधा फिल्ममा पनि देखिएको छ । केही बेरअघि रिलिज भएको राधा फिल्मको गीतको संगीतसहित मेकिङतर्फको कोरियोग्राफी, लोकेशन र कष्ट्यूम हेर्दा सबै पक्षमा लोक फ्लेवर दिईन खोजिएको छ ।
गीतका कोरियोग्राफर कविराज गहतराज हुन भने संगीतकार र रचनाकार चाँहि बसन्त सापकोटा । गायन चाँहि किरण गजमेर र मेलिना राईको हो ।
आउने तिहारमा रिलिज हुने यस फिल्ममा संचिता लुइँटेल र जीवन लुइँटेल मूख्य भूमिकामा छन् । फिल्मका निर्देशक योगेश घिमिरे हुन जसले पछिल्लो समय भुल भुलैया र नोटबुक फिल्म बनाएका थिए ।
निर्माता बिष्णुमणी दाहाल एवं सुशिल कार्कीले दिइएको जानकारी अनुसार यो फिल्मको अमेरिकास्थित ओहायो र कोलम्बसमा प्रिमियर सो भएर पश्चात मात्र नेपालमा रिलिज हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij