आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिमाग ठण्डा राख्ने पर्व तराईका जिल्लामा आज मनाइँदै

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • विराटनगर ।  नव वर्षको आगमनसँगै आज तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।

    यस पर्वका अवसरमा आज बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकामाथि जल छम्काएर आशीर्वाद दिने गरिएको हो । सोही कारणले यस पर्वलाई ‘जुडशीतलपर्व’ पर्व पनि भन्ने गरिन्छ ।

    यसका साथै प्रत्येक परिवारले आआफ्ना खेतबारीमा रहेका रुखको जरामा पानी हाल्ने, सडक सफा गर्ने तथा कुलो र इनारको सफाइ गर्छन् । सोही क्रममा उनीहरु हिलो पनि खेल्छन् ।

    घरका अग्रजले देवीदेवताको पूजा गरी सानो प्वाल पारी कुश राखिएको गाग्रामा जल भर्छन् । सो ग्रागामा पसाइएको कुशबाट जल थोपा थोपा गरी तुलसीको बोटमाथि झर्छ । प्रत्येक दिन पूजापाठ गरी गाग्रोमा जल भर्ने गरिन्छ । यो प्रक्रिया एक महिनासम्म चल्छ । चैत महिनाको गर्मीमा तुलसीको बोट नसुकोस् भन्ने यसको उद्देश्य रहेको देखिन्छ ।

    यस पर्वका अवसरमा गए राति नयाँ माटाको भाँडामा पकाइएको भात अर्थात् ‘बासीभात’बाट देवीदेवताको पूजा गरिन्छ । सो प्रसाद घरको प्रत्येक चौखटमा राखेर जल अर्पण गरिन्छ । आज बिहान खाना पकाइएपछि चुलो पूजा गरिन्छ । राति खाना पकाइँदैन । चुल्होलाई वर्षको एक दिन आराम गर्न दिनुपर्ने धार्मिक मान्यता छ ।

    यो पर्व मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाई, ताजपुरियालगायतले आआफ्ना धार्मिक एवम् सांस्कृतिक महत्वका साथ मनाउने गर्छन् । पर्वमा आँपको टिकिलाको चटनी, सोहीजन, दही, मिठाइ अनिवार्य रुपमा खाने गरिन्छ । थारु र राजवंशीलगायत जातिमा मासु खाने चलन छ । सरकारले यो पर्व मनाउनका लागि आज झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सार्वजनिक बिदा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij