शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

एमाले अध्यक्षा ओलीले आज सुगुण्डुमा सुदूरपश्चिमका पार्टीका ११ जना सांसदसँग छलफल गर्दै

  • प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३



  • काठमाडाैं । नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका आफ्नाे पार्टीका सांसदहरूलाई बुधबार गुण्डुमा बोलाएर महत्वपूर्ण बैठक गर्नुहुने भएकाे छ।

    बुधबार बिहान ११ बजे हुने बैठकमा प्रदेशका ११ जना सांसद सहभागी हुने एमालेले जनाएकाे हाे । पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि केही सांसदहरूले ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि ओलीले सामूहिक छलफलमार्फत मात्रै निर्णय लिने संकेत गर्नुभएकाे थियाे । बैठकमा यहि विषय मुख्य एजेन्डाका रूपमा उठ्ने तयारी रहेकाे एक नेताले बताएका छन ।

    दलको नेता परिवर्तनको माग गर्दै तीन जना सांसदले केही समयअघि शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। तर नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा भने सांसदहरूबीच अझै सहमति बन्न सकेको छैन। उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल नेतृत्वको दौडमा देखिएका छन् । धर्म पाठक र सुरेन्द्र पालले पनि अवसर पाए जिम्मेवारी लिन तयार रहेको जनाएका हुन्।

    बैठकमा नेतृत्वको विषयसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको मुद्दा पनि छलफलमा रहनेछ। विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको छ।

    त्यस्तै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग उठाएका छन्। आगामी बजेटअघि नै निर्वाचन घोषणा हुन सक्ने आकलनकाबीच मन्त्री परिवर्तनको विषय पनि बैठकमा उठ्ने बताइएको छ। हाल सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij