आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्व बैंकको सहयोगमा सडक निर्माण द्रूतगतिमा

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४



  • कञ्चनपुर  । विश्व बैंकको आर्थिक सहयोगमा राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) अन्तर्गत कञ्चनपुरमा चारवटा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

    सडक निर्माण अन्तर्गत स्तरोन्नति गर्ने र ओटासिल प्रविधि मार्फत कालोपत्रे गर्ने कार्यलाई दू्रतगतिमा अगाडि बढाइएको छ ।

    भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, पुनर्बास नगरपालिका, लालझाडी गाउँपालिका र महाकाली नगरपालिकामा सडक निर्माणको कार्यलाई अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्माले बताउनुभयो ।

    उहाँका अनुसार भीमदत्तनगरपालिकाको रेडक्रस, बागफाँटा, सुन्दरपुर र सिसैयासम्मको सडकको चार दशमलव २५ किलोमिटरमा ओटासिल प्रविधि मार्फत कालोपत्रेको कार्य गरिएको छ ।

    बाँकी सडकमा माटो, ग्राभेल राखेर स्तरोन्नतिको कार्य गरिएको छ । सडक निर्माणका लागि रु पाँच करोड एक लाख ६५ हजार ६१४ बजेटको व्यवस्था गरिएको छ । वाणि देखतभूली ६ दशमलब ७६९ किलोमिटर सडकमा ओटासिल प्रविधिबाट कालोपत्रे गर्नका लागि रु तीन करोड ९२ लाख ८२ हजार ९९७ बजेट विनियोजन कार्यलाई अगाडि बढाइएको छ ।

    पुनर्बास नगरपालिकाको परासन, त्रिभुवनबस्ती, लक्ष्मीपुर, बेलौरी २५ दशमलब ७ किलोमिटर सडकलाई दुई चरणमा सम्पन्न गर्नेगरी कार्य अगाडि बढाइएको छ । “पहिलो चरणमा रु तीन करोड ४९ लाख ५५ हजार ४०७ को लागतमा सडकको १० किलोमिटर र दोस्रो चरणमा रु चार करोड ३१ लाख ४९ हजार ६५२ को लागतमा १५ किलो मिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्नेगरी कार्यलाई अगाडि बढाएका छौँं” इन्जिनियर शर्माले भन्नुभयो ।

    महाकाली नगरपालिकाको झोलुङ्गे पुल, कृतियाकभर रु ६ करोड ६६ लाखको लागतमा कालोपत्रे हुने सडक निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
    बेदकोट नगरपालिकाको पूर्व–पश्चिम राजमार्गदेखि गाउँजी वृद्धाश्रमसम्मको ६ किलोमिटर सडकमा ग्राभेल राखी स्तरोन्नतिको कार्य गरिएको छ । ओटासिल कालोपत्रेको माग भएकाले प्रक्रियामा रहेको छ ।

    वाणि, देखतभूली, कञ्ज, शङ्करपुर, पचगडियासम्मको सडक निर्माणका लागि डिपिआर तयार गरिएको छ । निर्माणाधिन सडकमा स्तरोन्नतिका लागि माटो, ग्राभेल राख्ने कार्यसँगै आवश्यकता भएका ठाउँमा स्ल्याब कल्भर्ट र पाइप कल्भर्टसमेत राखिएका छन् ।

    कार्यक्रम अन्तर्गत मलेरिया नाला र खर्सा नालमा पुलनिर्माणका लागि डिपिआर तयार गरी परियोजना व्यवस्थापन इकाई बुटवलमा पठाइएको मुख्य इन्जिनियर शर्माले बताए ।

    अन्य पाँचवटा सडकमा नियमित मर्मत सम्भारको कार्यसमेत गरिँदै आएको छ । राष्ट्रिय ग्रामीण सुदृढीकरण कार्यक्रम (एसएनआरटिपि) कञ्चनपुरमा सन् २०१४ मे महिनादेखि सुरु भई सन् २०१९ मा सकिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij