प्रकाशित मिति : शनिबार, बैशाख २, २०७४
काठमाडौं। नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको थियो ।
नयाँवर्षको शुभकामना सन्देशसहित विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको थियो ।

बसन्तपुरबाट शुरु भएर नगर परिक्रमा गरी जाउलाखेल पुगी समापन भएको उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँ वर्षको शुभकामना कार्ड सहित शुभकामना अदान–प्रदान गरिएको थियो ।
यस्तो रथारोहण कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोत्ताको मनमा सकारात्मक छाप छोड्ने दाबि कम्पनीले गरेको छ ।
युनाइटेड सिमेन्टको ललितपुरको लेलेमा आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्टी« रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij