प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४
भैरहवा । हिन्दु स्वयंसेवक संघ नेपाल, भैरहवाले शनिबार भैरहवामा संस्कृति दौड प्रतियोगिता सम्पन्न गरेको छ । विगत पाँच बर्षदेखि संघले यो प्रतियोगिता गर्दै आएको छ ।
दौडको उदेश्ये के हो ?
हरेक नयाँ विक्रम सम्वतको उपलक्ष्यमा आयोजना हुने सस्ंकृति रक्षा दौड भैरहवामा यस बर्ष पनि आयोजना गरिएको हो । नयाँ बर्ष विस २०७४ को उपलक्ष्यमा राष्ट्र, राष्ट्रियता र साँस्कृतिक स्वाभिमान रक्षाको उदेश्यले संस्कृति रक्षा दौड आयोजना गरिएको हो ।

कहाँ भयो दौड ?
लुम्बिनी रोड स्थित लुम्बिनी गेट बाट शुरु भएको दौड बुद्धचोक, मिलन चोक, आँखा अस्पताल, बैंक रोड ,नारायण पथ हुदै पाँच किलोमिटरको दुरी पार गरेर पुनः सोही स्थानमा पुगि दौड समापन भएको हो ।

विजयीले के पाए ?
सयौं युवा स्वयम्सेवक सहभागी भएको दौडमा अजय कुर्मी प्रथम, सत्येन्द्र यादव द्धितीय र मोहम्मद रफिक तृत्तिय भए । त्यसैगरी कृष्ण विक र गोपी पासीले सान्त्वना पुरस्कार हात पार्न सफल भए ।
दौडमा विजयी हुने प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ११ हजार, ७ हजार १ सय र ५ हजार १ सय नगद तथा प्रमाणपत्र प्रदान गरियो । सान्त्वना हुनेले १ हजार १ सय नगद तथा प्रमाणपत्र हात पारे ।
कस्ले के भने ?
संस्कृति रक्षा दौड कार्यक्रमको उदघाटन गर्दै हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश उपाध्यायले धर्म संस्कृति रक्षाको लागि युवाहरु अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका हेम शर्मा आचार्य, उमाशंकर पाठक, रविकान्त उपाध्याय तथा कपिल भट्टलगायतका अन्य वक्ताहरुले संस्कृति जोगाउन, विक्रम संवतको महत्व तथा यसको संरक्षण गर्न सबै नेपाली अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यसमिति एशोसिएट सदस्य राजेश अग्रवाल, सामुहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष प्रेम पौडेल, जोगेन्द्र अग्रहरी लगायतको उपस्थिति थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij