बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

भारतमा सपिङ गर्न गएकी महिला उतै बेपत्ता

  • प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४



  • कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

    सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन् ।

    चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् ।

    राहदानीको प्रतिलिपि घरभित्र फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन् ।

    धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उहाँका जेठाजु धनबहादुर धामीले बताए।

    “आफन्त र सम्भावित सबै क्षेत्रमा खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई गुहारेका छौँ” – उनले भने ।

    तीन छोरीकी आमा धामी झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन् । भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता छन् । चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij