प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४
उदयपुर । उदयपुरमा आइतबार बिहान मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका १० बोक्से करमगाछीका १६ बर्षीय चित्रबहादुर बिक रहेका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका २ जोगिदहमा दिदिको घरमा करेन्ट लागि घाईते भएका उनको उपचारका लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।
करेन्ट लाग्दा विकको देव्रे हातको बुढी औंलामा चोट लागेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij