प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४
एजेन्सी
बैशाख ३ । दुई विश्वयुद्ध, आर्थिक महामन्दी, फाँसीवाद, भेटिकनका १० पोप र आफ्नो देशका ९० वटा सरकारलाई देखेपछि संसारकी सबैभन्दा वृद्ध महिलाले संसारबाट बिदा लिएकी छिन् । १ सय १७ वर्षीया मोरेनोले शनिबार इटलीको वर्बेनियामा प्राण त्याग गरिन् ।
शान्तिले त्यागिन् प्राणः
सन् १८९९ को नोभेम्बर २९ तारिखमा जन्मिएकी एमा मोरेनाको मृत्यु हुँदा उनी आफ्नो घरको कुर्सीमा आरामले सुतिरहेकी थिइन् । उनका डाक्टरका अनुसार उनले एमालाई शुक्रबार भेटेकी थिइन् । एमाले उनलाई धन्यवाद दिएको जानकारी दिए । डाक्टरका अनुसार पछिल्लो थुप्रै दिनदेखि एमा चुपचाप बस्थिन् र धेरैजसो समय सुतेर बिताउँथिन् ।
उनको जवानी अविष्मरणीयः
एमा यस्तो स्थितीमा जवान भएकी थिइन् जब संसारको स्थिती राम्रो थिएन । उनका प्रेमी पहिलो विश्वयुद्धमा मारिएका थिए । त्यसपछि उनले बलजफ्ती यस्ता व्यक्ति सँग विवाह गर्नुपर्यो जसले उनीसँग जबर्जस्ती गर्दथे । मुसोलिनीको फाँसीवादको त्यो समयमा महिलाले श्रीमानले भनेको हरेक कुरा मान्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो । यति हुँदा हुँदै पनि एमाले आफ्ना श्रीमानलाई सन् १९३८ मा छोडिदिइन् । त्यसपछि उनले आफ्ना ६ महिनाको बच्चाको मृत्यु देख्नुपर्यो । यस्तो अवस्थामा पनि उनले आफ्नो जवानी निकै खुसी हुँदै व्यतित गरेको बताउँथिन् । उनी भन्थिन्, ‘मेरो जवानी निकै खुसीसाथ बित्यो किनभने त्यतिबेला म नृत्य गर्ने गर्दथें ।’
लामो उमेरको राजः
एमालाई १९ औं शताब्दिको अन्तिम जिउँदो मानिसको रुपमा चिनिन्थन् । उनी आफ्नो लामो उमेरको राज उनको परिवारको जीनमा लुकेको बताउँछिन् । उनकी आमा ९१ वर्षसम्म बाँचेको र उनकी बहिनीले १ सय २ वर्षको संसार छोडेको बताउँथिन् । अर्की बहिनीले पनि सयवर्ष पुरा गरेको उनले जानकारी दिएकी थिइन् । करिब २० वर्ष हुँदा एमा हरेक दिन तीनवटा अण्डा खाने गर्दछिन् तीमध्ये दुईवटा उनी काँचै खान्थिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij