बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास

  • प्रकाशित मिति : आइतवार, बैशाख ३, २०७४



  • नुवाकोट ।  पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गरिएको छ ।

    बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बालकुमारीको सिम्लेमा ज्येष्ठ नागरिक द्रोणप्रसाद खतिवडा, जयकुमार खड्का र दासलाल श्रेष्ठले संयुक्तरुपमा शिलन्यास गरे ।

    दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणमा रु ९८ करोड लगानी लाग्ने प्राराम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । आयोजना निर्माणमा कम्पनीको ३५ प्रतिशत र सिद्धार्थ बैंकको नेतृत्वमा विभिन्न पाँच बैंकको ६५ प्रतिशत लगानी रहेको छ ।

    आयोजनाबाट उत्पादित बिजुली समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारणमा जोड्ने कम्पनीले जनाएको छ । बालकुमारीको सिम्लेमा बाँध बनाएर दुई हजार ८०० मि पाइपलाइनमार्फत थप्रेकको नौटारीमा विद्युत् उत्पादन गृह बनाइनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij