बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

नयाँ वर्षमा पर्यटकै पर्यटक : तीन दिनमा लुम्बिनीमा झन्डै तीन लाख पर्यटक

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४



  • लुम्बिनी  । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् ।

    विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक गरी झन्डै तीन लाख लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    नयाँ वर्षको अवसरमा लुम्बिनी घुम्न आएको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको कोषले जनाएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनका बेला मायादेवी मन्दिर प्रवेशद्वारमा नियमित रुपमा रेकर्ड राख्ने गरिएकामा दर्शनार्थीको भीड अत्यधिक भएपछि रेकर्डससमेत राख्न नसकिएको कोषले जनाएको छ ।

    लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती मेलामा भन्दा पनि दोब्बर सङ्ख्यामा नयाँ वर्षमा घुम्न आएको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ । शाखाका अनुसार वैशाख १ गतेमात्रै एक लाख ६० हजारको हाराहारीमा मायादेवी मन्दिरको दर्शन गरेका थिए । लुम्बिनी घुम्न आउनेमा अधिकांश नेपाली पर्यटक थिए ।

    अत्यधिक मात्रामा आन्तरिक पर्यटक आएपछि लुम्बिनी विकास कोषलाई व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । लुम्बिनी विकास कोषभित्र रहेका बसपार्कमा यातायातका साधन राख्ने ठाउँ थिएन भने मायादेवी मन्दिरको दर्शका लागि घन्टौँ लाइन बस्नुपरेको थियो । लुम्बिनी घुम्न आएका अधिकांशले लुम्बिनी घुमाई निकै रमाइलो भएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर घुम्नका लागि भनेरै लुम्बिनी आएका काठमाडौँका धीरेन्द्र पन्तले लुम्बिनी घुमाइ निकै रमाइलो भएको बताए ।

    उनले लुम्बिनीस्थित मायादेवी मन्दिर, अखण्ड दीप, शान्ति स्तूपासहित विभिन्न देशले निर्माण गरेका विहारको अवलोकन गरेको बताए । लुम्बिनी विकास कोषले लुम्बिनीस्थित सेन्ट्रल क्यानलमा डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकको चाप झनै बढेको छ । कोषले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार सार्वजनिक बिदा परेका कारण लुम्बिनीमा आन्तरिक पर्यटकको निकै घुइँचो लागेको हो । आज पनि पर्यटकको चाप त्यत्तिकै मात्रामा छ ।

    लुम्बिनीमा पर्यटकको चाप बढेसँगै लुम्बिनीमा रहेका तारेदेखि सामान्यखालका होटलसमेत खचाखच भएका थिए । पछिल्लो समय लुम्बिनी घुम्नका लागि गतिलो गन्तव्य बनेको छ भने अशान्त मनलाई शान्त बनाउन पनि धेरै लुम्बिनी पुग्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij