बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मदिरा सेवनबाट मृत्यु

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०७४



  • महोत्तरी, ४ वैशाख । अत्यधिक रुपमा मदिरा सेवनबाट महोत्तरीको औरही गाउँपालिकामा एकजना युवकको मृत्यु भएको छ ।

    आज बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेला परेका हुन् ।

    गएराति अबेर मृतक यादवले गाउँमा अत्यधिक मात्रामा मदिरा सेवन गरी आएको र बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको इप्रका, गौशालाले जनाएको छ ।

    मृतक यादवको शरीरमा कहीँ चोटपटक नलागेको, पेट फुलेको, नाकबाट रगत आएको र मुखबाट मादक पदार्थको गन्ध आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले यादवको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

    मृतक यादवको शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij