बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

करेन्ट लागेर मजदुरको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०७४



  • महेन्द्रनगर  । करेन्ट लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा बिहीबार एकजना मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    हल्दुखालस्थित स्थानीयवासी दीपेन्द्र महराको घरको माथिल्लो तला बनाउने क्रममा काम गरिरहेका यहाँको बेदकोट नगरपालिका–५ धरमपुरका २३ वर्षीय पङ्कज रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिनुभयो ।

    घरको छतमा सरियाको काम गर्ने क्रममा रानाले समातेको सरियाले विद्युत्को प्रसारण लाइन छुन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सोही घटनामा घाइते भएका धरमपुरका मनोज चौधरीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि चौधरीलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij