बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

मदिरा सेवनपछि सामान्य विवादमा बन्चरो प्रहार गरी साथीको हत्या

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०७४



  • रुकुम । रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

    जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।

    बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रकाका प्रहरी निरीक्षक थम्मनबहादुर राजालीले जानकारी दिए ।

    झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीको भनाइ छ ।

    हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij