प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४
काठमाडौं । धितोपत्र वोर्डले स्टाण्डर्ड चार्ट्ड बैंकको शेयर बाँडफाँड सार्वजनिक निष्काशनको विक्री बन्द भएको ५० दिन भित्र गरीसक्न बोर्डले विक्री प्रबन्धकलाई निर्देशन दिएको छ ।
दुइ लाख पच्चिस हजार लगानीकर्ताले करिव ३८ अर्व रकम छिटो फिर्ता पाई बजारमा तरलताको असहज स्तिथीलाई सहज बनाउन र रकम छिटो फिर्ता भई लगानीकर्ताको हित समेत हुने बोर्डले जनाएको छ ।
बजारमा सार्वजनिक निष्काशन कार्यलाई सहजीकरण गर्ने तथा धितोपत्रको बाँडफाँड एवं सूचीकरण समयावधी घटाउन उद्येश्यल बोर्डले आस्वा प्रणाली कार्यान्वयनमा ल्याएको छ । त्यसमा लगानीकर्ताहरुको सहभागिता समेत उल्लेख्य रुपमा वृद्धि हुंदै गइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij