प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४
पाल्पा । रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौवर्षीय छोरा भूपेन्द्रलाई अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुुङ प्रहरी कार्यालयले जनाएको छ ।
रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १५८१ नंको सो जिप दुर्घटना भई डेढ सय मि तल खसेको मुझुुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij