प्रकाशित मिति : आइतवार, बैशाख १०, २०७४
रौतहट । उखुको भुक्तानी समयमा न पाएका आक्रोशित किसानहरूको समुहले रौतहटको गरुडा स्थित श्री राम शुगर मिलमा तोडफोड गरेका छन् ।
पुर्व निर्धारित समयमा भुक्तानी न दिएकाले सयौंको संख्यामा गएका किशानहरुले आईतवार बिहान ११ बजे मिलमा तोडफोड गरेका हुन् ।
घटनालाई साम्य पार्न गएका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीको पहलमा मिल प्रशासन र किशान बिच सहमति गराएका छ्न ।
आइतबार भएको सहमति बमोजिम आगामी १३ गतेदेखि तालिका अनुसार नै क्रमशः भुक्तानी शुरुआत गरिने जनाएको छ ।
सहमती अनुसार न भएमा सो पछि बैठकद्वारा निर्णय गरि आन्दोलनमा जाने उखु उत्पादक सङ्घ रौतहटका सचीव मनोज शहनिले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij