प्रकाशित मिति : सोमवार, बैशाख ११, २०७४
काठमाडौं। नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाख महिनाभरी सञ्चालन हुने भएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने छ । 
विश्वज्योती मोबाइल मार्टले आफ्नो उपस्थितीको अवसर पारेर गत चैत ३१ गतेदेखि १० दिनसम्म मोबाइल महोत्सव सुरु गरेको थियो । सेवाग्राहीको उपस्थिती बाक्लो बनेका कारण महोत्सवलाई बैशाख महिनाभरी सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाश मजर्हजनले जानकारी दिए ।
साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिस गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको छ । महोत्सव अवधिमा १० हजार रुपैंयाँभन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हातखाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था छ ।
मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इनफोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij