बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पुल नहुँदा दुई जिल्लाका बासिन्दालाई सास्ती

  • प्रकाशित मिति : सोमवार, बैशाख ११, २०७४



  • म्याग्दी  । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारीपारीका लागि दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् ।

    म्याग्दीको बेनी नगरपालिका–२ र बागलुङको मालिका पञ्चासेको सिमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै जिल्लाका बासिन्दा समस्यामा परेका हुन् ।

    हिउँदमा कुनै समस्या नभए पनि वर्षामा खोलो वारपार गर्न नसक्दा समस्या हुने गरेको बेनी नगरपालिका–२ का दिलबहादुर थापाले बताए।

    पुल नहुँदा म्याग्दीका विमिराबोट, तमाने, गौश्वारा, भकुण्डे, अर्जम र बागलुङ जिल्लाका मालिका, पञ्चासे, खर्कलगायतका गाउँका सयौँ मानिसले सास्ती व्यहोर्नुपरेको थापाले जानकारी दिए ।

    समस्याका बारेमा दुवै जिल्लाका बासिन्दाले आआफ्नो गाविस, नगरपालिका तथा जिल्लामा समेत जानकारी गराई पुल निर्माणका लागि अनुरोध गरेका भए पनि कुनै निकायले पनि ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij