बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

स्वास्थ्य केन्द्रको छानो उडाएपछि..

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४



  • सोलुखुम्बु । हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ ।

    सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिए । करिब एक दशकअघि निर्माण भएको सो भवनबाट बिरामीका लागि ओपिडी सेवासँगै एक्सरे सेवा, प्रसूति सेवा, सामान्य शल्यक्रियालगायतका उपचार प्रदान गरिँदै आएको थियो ।

    नियमित डाक्टरको उपस्थिति र आधुनिक उपकरणबाट उपचार सुरु भएकाले बिरामीको चाप बढिरहेका बेला हावाले छानो नै उडाउँदा उपचार सेवा प्रभावित भएको छ । छानो उडाएपछि पानी पसेर उपकरण बिग्रने डरले पाल ओढाएर राखिएको छ । एउटा कोठामा पाल ओढाएर त्यहीँबाट उपचार सेवा दिइरहेको भएपनि प्रभावकारी सेवा प्रवाहमा समस्या भएको डा शाहको भनाइ छ ।

    जिल्लाकै बढी जनघनत्व रहेको नेचासल्यान गाउँपालिकाअन्तर्गतको सो प्राथमिक सेवा केन्द्रको दैनिक १०० को हाराहारीमा बिरामी पुग्ने स्वास्थ्य केन्द्रले जनाएको छ । आजभोलि रुघाखोकी तथा झाडापखालाका बिरामीसमेत बढिरहेकाले झनै समस्या भएको डा शाहले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij