बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अमेरिकाले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध थप कडा बनाउने

  • प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०७४



  • वासिंटन । परमाणु कार्यक्रमलाई निरन्तरता दिएको तथा लगातार मिसाइल परीक्षण गरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ ।

    संयुक्त राष्ट्र संघको चेतावनीलाई समेत बेवास्ता गर्दै उत्तर कोरियाले लगातार आफ्ना परमाणु कार्यक्रम जारी राखेपछि अमेरिकाले प्रतिबन्ध थप कडा बनाउने र कूटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाका बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ ।

    यो ब्रिफिङपछि उत्तर कोरियाको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ रणनीतिको घोषणा गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    अमेरिकाले अहिले दक्षिण कोरियामा मिसाइल सुरक्षा प्रणाली तैनाथ गरेको छ । यस्तै अमेरिकी लडाकु पानीजहाज पनि दक्षिण कोरिया पुगेको छ ।

    उत्तर कोरियाले नयाँ परमाणु हतियार परीक्षणको तयारी गरिरहेको विशेषज्ञले बताएका छन् । यसले गर्दा कोरियाली प्रायद्विपमा तनाव बढेको छ । उत्तर कोरियाले आफू जस्तोसुकै प्रतिवादका लागि तयार रहेको बताएको छ भने अमेरिकाले चुनौतीको सामनाका लागि आफू पनि तयार रहेको बताउँदै आएको छ ।

    उत्तर कोरियाको एकमात्र सहयोगी चीनले भने युद्धको अवस्था आउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij