प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०७४
काठमाडौं, वैशाख १५–राज्यले मुलुकको कृषि क्षेत्रको विकास र आधुनिकीरणका लागि खर्वौ लगानी गरेपनि लक्षित वर्गमा नपुग्दा अपेक्षित लाभ हुन नसकेको सरोकारवालाले वताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र तथा कृषि पेशामा आवद्ध विभिन्न व्यक्तिहरुले राज्यको नीति व्यवहारिक नहुँदा कृषि क्षेत्रमा भैरहेको लगानी अनुत्पादक देखिएको वताएका हुन् ।
विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालय, व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र प्राक्टिकल एक्सन नेपालले स्थापना गरेको नेपाल कृषि व्यवसाय नविनतम केन्द्र (नेविक) को औपचारिक उद्घाटन समारोहमा वोल्ने अधिकाशं वक्ताले कृषिमा व्यवहारिक लगानी आवश्यक भएको वताएका हुन् । उनीहरुले विश्वको थुप्रै राष्ट्रको तुलनामा नेपालले कृषि क्षेत्रमा ठूलो धनराशि लगानी गरिरहेको भएपनि स्पष्ट नीति, व्यवहारिक योजना र लक्षित वर्गमा अनुदानका कार्यक्रम नपुग्दा प्रतिफल लिन नसकिएको बताए ।

कार्यक्रममा कृषि विकास राज्यमन्त्री राधिका तामाङले सो केन्द्रको औपचारिक उद्घाटन गर्दै कृषि क्षेत्रको विकास नै आर्थिक विकासको पूर्वाधार भएको वताइन् । उनले सरकारले अर्वौ रुपैयाँ कृषि क्षेत्रमा लगानी गरेपनि आवश्यक पूर्वाधारको अभावमा अपेक्षकृत मुनाफा लिन नसकिएको स्वीकार गरिन् ।
यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य प्रभू वुढाथोकीले सरकारले कृषिको व्यवसायीकरण र औद्योगिकरणमा लगानी गरिरहेको भएपनि लक्षित वर्गले प्रतिफल नपाउनु दुखद भएको वताए । उनले निजी क्षेत्रको सहभागितामा आगामी दिनमा योजना आयोगले तयार गर्ने योजनामा कृषि क्षेत्रको व्यवहारिक विकासमा पहल गर्नुपर्ने वताए ।
यस्तै, कृषि विकास मन्त्रालयका सचिव सुरज पोखरेलले कृषि क्षेत्रमा लगानी भइरहेको भएपनि लक्षित वर्गले त्यसको फाइदा लिन नसक्नु समस्या रहेको वताए । उनले कृषि क्षेत्रको विकासवाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने समेत वताए । पोखरेलले प्याक्ट अन्र्तगत नै नेविकको स्थापना भएकाले यसले व्यवसायको प्रवद्र्धन, विविधीकरण, वजार सञ्जाल विस्तार, लगानी र पुँजी उपलव्धतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषि क्षेत्रमा भइरहेको लगानीमा देखिएको जोखिम न्युनिकरण गर्न समेत नेविकले सहयोग गर्ने पोखरेलको भनाइ छ ।
पशुपन्छी मन्त्रालयका सचिव युवकधोज जिसीले सरकारी तवरवाट भैरहेको लगानीले कृष्किो आधुनिकरणमा सहयोग पुग्ने दावी गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्याक्टको प्रभावकारिता माथि प्रश्न उठाए । उनले प्याक्टवाट लक्षित गरिव कृषकले पाउनु पर्ने अनुदान सहरका ठूला वडाले मात्र लिएको वताए । प्याक्टको समयावधी सकिनै लाग्दा अर्को संस्था स्थापना मात्र गर्दा त्यसको प्रभावकारिता नदेखिने उनको भनाइ छ ।
‘कृषिको व्यवससायीकरण तथा औद्योगिकरणमा हामी सँगसँगै’ भन्ने नाराका साथ नेपाल कृषि व्यवसाय नविनतम केन्द्र (नेविक) को स्थापना भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij