बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

हिमालय एयरलाईन्सको दुबई उडान शुरु

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०७४



  • काठमााडैं।  तीव्र गतिमा अघि बढिरहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलाईन्सले काठमाडौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट १०ः४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३ः२५ (स्थानिय समय) मा अवतरण गरेको छ ।

    साताको ३ दिन सोमवार, बुधवार र शुक्रवार उडान गर्ने हिमालय एअरलाइन्सले तीन वटा एअरवस ए–३२०–२१४ मध्थे एउटा एयर बस यस मार्गमा सच्चालन गर्ने जनाएको छ । जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ ।


    हिमालय एयरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एयरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि भएको वताए । एयरलाईन्सले मध्य(पूर्व क्षेत्रबाट पर्यटकहको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्ने उनको भनाइ छ । काठमाडौँ-दुबईबीच निरन्तर सेवा प्रदान गर्ने पूर्वनिर्धारित लक्ष्य सफल भएको उनको भनाइ छ ।

    उक्त कम्पनीले काठमाडौ-दुबई-काठमाडौकालागि आकर्षक टिकटदर कायम गरेको छ । एअरलाईन्सले फिस्टेल ट्राभल एण्ड टुरिजम एलएलसी दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सका लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij