बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

सिलिन्डर पड्किँदा भरतपुरका दुई घरमा आगलागी

  • प्रकाशित मिति : आइतवार, बैशाख १७, २०७४



  • चितवन । भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा आज बिहान दुई घरमा आगलागी भएको छ ।

    सो क्रममा सिलिन्डर पड्किँदा आगो निभाउन गएका स्थानीयवासी भरत गुरुङ घाइते भएकामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब ५ बजे बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको क्षति भएको जनाइएको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा आगो निभाएको छ ।

    यसैबीच शनिबार साँझ भरतपुरको मुख्य चोक वीरेन्द्र क्याम्पस चोकमा हावाहुरीका कारण रूख ढल्दा तीन गाडी र दुई घरमा क्षति पुगेको छ ।

    रूख ढल्दा ना४२प ६०८३ र ना५प १७२५ नंको मोटरसाइकल र ना१ह २५१८ नंको अटो रिक्सा तथा नजिकै रहेको एउटा शृङ्गारिक सामानको पसल र खाजाघरमा समेत क्षति पुगेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij