प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
जेपी थुलुङ, सोताङ । राष्ट्रय बानिज्य बैंकको शाखा रहित सेवा सोताङमा शुरु भएको छ । जिल्लाको कर्णाली भनेर चिनिने कोशी पारीको २ वटा गाउँपालिका वासीहरुलाई सेवा दिने उदेश्यका साथ सेवाको सुरुवात गरिएको बैंकका प्रमुख शन्तोष खड्काले बताउनु भएको छ ।
प्रमुख खड्काका अनुसार बैंकको औपचारिक उद्घाटन गर्न भने बाकीनै भएपनि सेवा गरिएको बताउनुभयो । साखा रहित सेवाबाट बैँकमा खाता खोल्न, खाताको रकम झिक्न र जम्मा गर्न सकिनेछ ।
बैंकबाट पैसा पठाउन र पाउन सकिने सुविधा पनि रहेको छ । सोताङमा द्धन्द्ध अघि कृषि विकास बैंकको साखा भएपनि द्वन्द्व सुरु भएसंगै उठेको थियो । यसअघि पैसा जम्मा गर्न तथा झिक्नका लागी २ दिनको पैदल यात्रा गरी सदरमुकाम सल्लेरी सम्म धाउन बाध्य भएका सेवाग्राहिहरु सोताङबाटनै बैकिङ सेवा
शु
रु भएपछि
खुशी व्यक्त गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij