बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

ठक्करबाट एकको मृत्यु, एक घाइते

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय, मुग्लिनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको वा६७प ६१९५ नंरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार ३९ वर्षीय जगविन्द्र धौलाकोटीको घटनास्थलमा नै मृत्यु भएको हो । उनी भेरीगङ्गा–१३ सुर्खेतका भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक चपुर–१ रौतहटका निलबहादुर परियारको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

    नारायणगढतर्फ नै आउँदै गरेको ट्याङ्करले ठक्कर दिएको आशङ्कामा एउटा ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij