बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

डोल्पालीलाई चुनाव भन्दा यार्साकै चटारो

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • डोल्पा ।  स्थानीय तहको चुनाव नजिकिँदै गर्दा डोल्पाली भने यार्सागुम्बा टिप्ने तयारीमा जुटेका छन् । डोल्पालीका लागि मुख्य आर्थिक स्रोतको रुपमा रहेको वहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने सिजन सुरुभएसंगै उनिहरु तयारीमा जुटेका हुन् ।
    यहाँका उच्च हिमाली पाटनहरुमा बैशाख पहिलो साता भित्रै यार्सागुम्बा उम्रिने भएतापनि सर्वसाधारणका लागि पाटन कहिले ?,कति दिनका सम्मका लागि यार्सागुम्बा पाटन खुला गर्ने,संकलन दस्तुर कती तोक्ने ? भन्ने कुरा जेठ पहिलो सात भित्रै सरोकारवालाहरुको बैठक पछि मात्र तय गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
    डोल्पालीका लागि बर्षभरी आधारभुत आवाश्यक्ता पुर्तीगर्ने एकमात्र माध्यम यार्सागुम्बा संकलन नै भएकाले स्थानीय तहको चुनाव भन्दा पनि यार्सागुम्बा संकलनको तयारीमा जुटेको त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीय लोकमान श्रेष्ठले बताए । डोल्पालीहरु एक साता यता विभिन्न राजनितिक दलहरुले आयोजना गर्ने चुनावि भेला,छलफल,आमसभा भन्दा पनि यार्सागुम्बा संकलनका लागि चाहिने बन्दोबस्तीका सामाग्रीहरुको किनमेलमा व्यस्त भएको श्रेष्ठको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij