बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

झापामा कृषि वन विकास कार्यक्रम सुरु

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • बनियानी (झापा) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ ।

    कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छन् ।

    पकेट क्षेत्रमा आबद्ध कृषि सहकारी र समूहका कृषकलाई विभिन्न बालीसँगै वनको विकास गराउन कार्यक्रम लक्षित रहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारीदिए ।

    कृषि बालीलाई नोक्सान नगर्ने गरी कृषि बालीको बीच–बीचमा बोटबिरुवा लगाउने उद्देश्यले सो कार्यक्रम लागू भएको हो । वन कार्यालयले कृषकलाई अगर, रुद्राक्ष, रबर, केरा, कटहर, लिची, आँपलगायतका बिरुवा निःशुल्क उपलब्ध गराउने सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । कृषि वनका लागि चालू आव २०७३÷७४ का लागि रु ८७ लाख केन्द्रबाट प्राप्त भएको छ ।

    सो कार्यक्रमअन्तर्गत वन कार्यालय, भू–संरक्षण, जिल्ला सिँचाइलगायतका कार्यालयले आ–आफ्ना कार्यक्रम लागू गर्नेछन् । खाली भएको जमिनमा रुखका बिरुवा लगाउने, वन लगाएको स्थानमा भएको खाली जमिनमा वा रुखका बिरुवा नहुर्किउन्जेल बीच–बीचमा कृषि बाली लगाउन कृषकलाई प्रोत्साहित गर्ने, उनीहरुलाई तालिम र बिरुवा उपलब्ध गराउने कार्यक्रम छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij