बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

चट्याङ लागेर जाजरकोटमा पाँच घाइते, एकजनाको अवस्था गम्भीर

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४



  • जाजरकोट । जाजरकोटमा गएराति परेको चट्याङका कारण पाँचजना घाइते भएका छन् ।

    जिल्लाको त्रिवेणी नलगाड नगरपालिका–८ स्थित कोल चिउरामा आइतबार बेलुका परेको चट्याङ गाउँनजिकै रहेको विद्युत्को पोलमा परेपछि विद्युत् तारमार्फत केही घरमा जडान भएका मिटरबक्स रेडियो टिभीसमेतमा क्षति पुगेको स्थानीयवासीले जनाएका छन् ।

    चट्याङले कोलचिउरा गाउँका लक्षीमान कामी, हिमराज विक, सुनिता विक, डम्बरबहादुर शाही र धनरुपा विक घाइते भएका छन् ।

    घाइतेमध्ये लक्षीमान कामीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको गाउँमै उपचार भइरहेको छ भने लक्षीमानलाई भने थप उपचारका लागि रुकुमको राडी बजारमा रहेको पोलिक्लिनिकमा लगिएको छ ।

    गाउँमा सञ्चालनमा रहेको स्थानीयवासीले लघुजलविद्युत् आयोजना समितिबाट वितरित विद्युत्मा चट्याङ प्रतिरोधात्मक क्षमताको राम्रो अर्थिङ नभएकाले केही घरमा समेत क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

    जाजरकोटका अधिकांश गाउँमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजनामा अर्थिङ राम्रो नभएकाले समस्या आउने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij