प्रकाशित मिति : मङ्लबार, बैशाख १९, २०७४
भूमिगत जीवन विताइरहेका बसन्त बहादुर भूजेलको शरिरको एक भाग चल्दैन । चिन्ता र प्रेसरकै कारण उनको शरिरले विस्तारै काम गर्न छाडेको छ । नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवालले आफूलाई अन्याय गरेको बताउने बसन्त आफ्नो स्वास्थ्य यो अवस्थामा पुग्नुमा सिलवालकै हात रहेको आरोप लागाउँछन् । कुनै समय महानगरी प्रहरी अपराध महासाखामा रहेका सिलवालले आफूलाई अपहरण गरी सम्पत्ति हडपेको आरोप छ बसन्तको । पढ्नुहोस् उनको अनुभूति जस्ताको तस्तै ।
मेरो जन्म गुल्मी जिल्ला तम्घास गाविस वडा नम्बर ४ मा भएको हो । मैले ८ कक्षासम्म त्यहीँ पढेँ । मैले गण्डकी बोर्डिङ स्कुलमा चान्स पाएँ मैले त्यो सेलेक्सनबाट इन्जिनियर सम्म अध्ययन गरेँ । त्यो सकिएपछि म बेलायती सेनामा इन्जिनियरमा भर्ति भएँ । म टेक्निसियन थिएँ । मैले संसार भर इन्जिनियरिङ लाइनकै काम गरेँ । रोड, होइड्रोपावर लगायतका विभिन्न कामहरुमा भाग लिएँ । युएनमा दुई पटक गएँ । ब्रिटिस आर्मीबाट युएनमा जाने पहिलो नेपाली नै मै हुँ । त्यहाँको सेवा सकाएर म नेपाल आएँ ।

आफूले जानेको इन्जीनियरिङ पेसालाई निरन्तरता दिने निधो गरेँ । मैले काठमाडौंमा नै द गोरखा इन्जिनर एन्ड सर्भिसेज प्राली भनेर मैले कम्पनी खोलेँ । मेरो कम्पनीले पहिलो काम भैसेपाटीको आवास निर्माण थियो । हामीले त्यो सम्पन्न ग¥यौँ । बर्दियाको सिँचाईमा राष्ट्रिय बजेट थियो । त्यतिबेला नेपालको प्रधानमन्त्री मनमोहन अधिकारी थिए ।
साझा पेजबाट साभार ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij