प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४
काठमाडौं। कतार एयरवेजले दोहादेखि बैंककका लागि जुन १ तारिखदेखि पाँचौ नन् स्ट फ्लाइट सञ्चालनमा ल्याउने भएको छ । फुकेटका लागि दैनिक फ्लाइट र पाँच महिना अगाडी सञ्चालन माल्याइएको क्राबी अपरेशन (हप्ताको चार फ्लाइट)ले कतार एयरवेजको थाइल्याण्डबाट दोहाको प्रस्थान संख्या ५३ पु¥याएको छ । 
थाइल्याण्डमा सेवा विस्तार सँगै कतार एयरवेजले टूरिजम अथोरिटी अफ थाइल्याण्डसँग आन्तरिक पर्यटन विस्तारमा तेवा पु¥याउन मेमो¥यान्डम अफ अन्डरस्ट्याण्डिङमा हस्ताक्षर समेत गरेको छ ।
एमओयूमा कतार एयरवेजको चिफ कमर्सियल अफिसर एहब अमिनले कतार एयरवेज गु्रपका प्रमुख कार्यकारी महामहिम अकबर अलबाकर र टीएटीका ईन्टरनेशनल मोर्कटिङ (यूरोप, अफ्रिका, मडिल इस्ट र अमेरिका) टानस पेट्स्वानका उप गभर्नरको उपस्थितीमा गरेका थिए । दुबएमा आयोजित अरेवियन ट्राभल मार्केटको पहिलो दिनमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर गर्न आयोजित समारोहमा टूरिजम अथोरिटी अफ थाइल्याण्डका गभर्नर युथासाक सुपासोर्न, टूरिजम अथोरिटी अफ थाइल्याण्ड, दुबइ र मिडल इस्ट अफिसर चलेर्मसाक सुरानन्त लगायत संस्थाका अन्य उच्चपदस्त अधिकारीको उपस्थिती रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij