प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४
काठमाडैं। अमेरिका जाने सुनौलो अवसरका रुपमा इडिभी लोटरी २०१८ को नतिजा सार्वजनिक भएको छ । 
डाभर्सिटी भिसा प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको रिजल्ट बुधबार सार्वजनिक भएको हो।
अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर डीभी चिठ्ठाको नतिजा हेर्न सकिनेछ । नतिजा हेर्नको लागि डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।
नतिजा थाहा पाउन https://www.dvlottery.state.gov/ मा हेर्नु हेर्न सकिनेछ ।
डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८बजेदेखि बेलुका ८बजेसम्म) सो केन्द्रमा फोन नं:१-८००-०९१-०११४ मार्फत संपर्क गर्न सकिनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij