प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा साविक केशवटार गाविस– ७ का २२ वर्षीय राजकुमार आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गम्भीर घाइते भएका आलेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने घाइते २० वर्षीय सुमेश श्रेष्ठको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
आबुखैरेनीबाट डुम्रे आउँदै गरेको वा ५८ प ४२६७ नं को मोटरसाइकल सडकमा हिँडिरहेको कुकुरसँग एक्कासि ठोक्किँदा अनियन्त्रित भई मोटरसाइकल नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij