बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बेबी बुद्धलाई कपिलबस्तुमा भब्यरुपमा भित्राउने

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०७४



  • कपिलवस्तु ।  बुद्धको जन्मथलो रहेको प्राचिन कपिलवस्तुमा २५६१ औं जयन्ती मनाउन समिति गठन गरिएको छ । तौलिहवास्थित होटल तिलौराकोटमा बुद्धजन्तीका बिषयमा राखिएको भेलामा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको हो ।

    समितिमा गैसस महासंघका जिल्लाअध्यक्ष प्रबीण श्रीवास्तव, पत्रकार महासंघका जिल्ला सभापति दिडलामा भुसाल, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, प्रकाशि घिमिरे, कमला सापकोटा, माया ज्ञवाली, अमृत चन्द ठाकुर रहेका छन ।

    समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, जलपानव्यवस्था, स्वयंसेवक परिचालन र मिडिया परिचालन सञ्चालन उपसमिति गठन गरिएको छ । प्राचिन कपिलवस्तुमा बुद्धजन्ती मनाउन कोषले ढेड लाख रुपैया दिएको संयाजक ज्ञवालीले बताए ।

    सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले जिल्ला समन्वय समिति र नगरपालिका र गाउँपालिकाबाट जयन्तीका लागि थप १ लाख २० सहयोग दिलाउने प्रतिबद्धता ब्यक्त गरे ।

    शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधि लाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रुपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गर्छन् ।

    जिल्लाका सात वटै साइटमा सरसफाई गर्ने, २६ र २७गते उक्त साइटहरुमा दीप प्रजवलन गर्ने, अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गर्ने, अनाथ बच्चाहरुलाई खाद्यान्न बितरण गरिने, नगरभित्रका ऐतिहासिक र पुरातात्विक क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धनकालागि मिडियासँग अन्तरक्रिया गरिने, बेबी बुद्धलाई कपिलबस्तुमा भब्यरुपमा भित्राउने निर्णय समितिले गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij