प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४
बर्षात ओली, वाँके । नेपालगंज उपमहानगरपालिका वार्ड ६ मा करेण्ट लागेर १ युबक घाईते भयका छन ।
फुलटेग्रा निबासी हनिम हलवाईको घरमा पानी चार्ने क्रममा , नेपालगंज उपमहानगरपालिका २ निबासी वर्ष २६ को नुरुद्वन शेखलाई अचानक तारवाट करेण्ट लाग्न गई घाईते भयका हुन ।
घाईतेको भेरी अंचल अस्पताल नेपालगंजमा सामान्य उपचार पश्चार लखनउ रिफर गरीएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रह्ररी निरीक्षक वीर बहादुर थापाले जलजला खबर सँग बताउनु भयो ।
मिति २०७४।१।२० गते ०९:४५ वजेको समयमा जि.वाँके ने.गं.उ.म.न.पा.६ फुलटेक्रा स्थित हनिम हलुवाई को नव निर्मीत घरमा छतमा पानि चार्ने क्रममा ऐ.२ वस्ने वर्ष २६ को नुरुद्वन शेख लाई अचानक तार वाट करेण्ट लाग्न गई घाईते भई भेरी अंचल अस्पताल नेपालगंजमा सामान्य उपचार पश्चार लखनउ रिफर ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij