बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

देवीको रुप भनेर उपचार गराउँदैनन् स्थानीय-ठेउला र दादुराको प्रकोप सुरु

  • प्रकाशित मिति : बिहिबार, बैशाख २१, २०७४



  • महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा चर्को घामसँगै असहनीय गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ ।

    जिल्लामा बदलिँदो मौसमले ल्याएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दूषित भई विभिन्न नगरपालिका तथा गाउँपालिकामा ठेउला र दादुराका रोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

    ठेउला र दादुरा रोग विशेषगरी स–साना बालबालिकामा देखापरेका छन् भने युवायुवती, वयस्क तथा बूढापाका समेतमा यस रोगका लक्षण देखापरेको जिल्ला अस्पताल जलेश्वरका वरिष्ठ मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले बताए ।

    सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकास्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले ठेउला र दादुराका रोगी आउने क्रम बढेको छ । जिल्लाका तीन नगरपालिका – जलेश्वर, गौशाला, बर्दिबाससहित गाउँपालिका लोहारपट्टी, भङ्गहा, सम्सी, सोनमा, मटिहानी, महोत्तरी, एकडारा, औरही, बलवा, रामगोपालपुर, मनरालगायत जिल्लाका १२ वटै गाउँपालिका विभिन्न गाउँठाउँमा ठेउला र दादुरा रोगको प्रकोप देखिएको चिकित्सक बताउँछन् ।

    महोत्तरीका धेरैजसो गाउँठाउँमा ठेउला र दादुरालाई देवीको रुप भनेर यसको उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तेलमा भुटेका खानेकुरा नखाने चलन छ ।

    ठेउला र दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतै कतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजाआजासमेत गर्ने गरेको देखिन्छ । सरसफाइको अभावमा विशेषगरी गरिब परिवारमा हुने ठेउला र दादुरा रोगले महोत्तरीमा प्रत्येक वर्षझँै यस वर्ष पनि गरिब दलित बस्तीका हरेक घरपरिवारलाई बिस्तारै छुँदै गइरहेको चिकित्सकको भनाइ छ ।

    जिल्लाको ग्रामीण बस्तीमा प्रायः जसो ठेउला र दादुरा रोगका रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने विश्वास गरिन्छ । तर सरुवा रोग हुनाले एकपछि अर्को व्यक्तिमा सर्दै गइरहेको देखिएको जिल्ला अस्पताल जलेश्वरका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij