बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

दुई उम्मेदवारको गाडीमा आगजनी र तोडफोड

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०७४



  • नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ ।

    शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

    चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु¥याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।
    शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा काँग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडाँै लगिएको छ ।

    दार्खा, धादिङ – थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ । बिहान १ः३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो ।

    नेकपा(एमाले)का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो । मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij