शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नगद १५ लाख सहित ११ जुवाडे पक्राउ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७८



  • काठमाडौं। कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ्र्रे –२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा १५ लाख २४ हजार ७० नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सी छन् ।

    यसैगरी चितवन भरतपुर महानगरपालिका–१ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा–८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा–२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका –८ घर भई हाल पोखरा– १७ ड्यामसाईडका ३९ वर्षीय मनबहादुर खड्का छन् ।

    पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिप्रकाका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij