शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

स्वर्गद्वारीको १८० बिघा बिचौलियाको कब्जामा

  • प्रकाशित मिति : शनिबार, माघ १, २०७८



  • दाङ । दाङको स्वर्गद्वारी आश्रमको १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा छ । लमही नगरपालिकाको अर्नहवा र घोराही उपमहानगरपालिकाको रामपुर क्षेत्रमा रहेको आश्रमको जमिन बढी अतिक्रमणमा परेको हो । ती जग्गामा ठूल्ठुला घर बनेका छन् । अतिक्रमित जग्गाको मूल्य खर्बोपर्ने आश्रमका अधिकारीहरू बताउँछन् ।

    आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले आश्रमको करिब दुई सय बिघा जमिन भूमाफियाको कब्जामा रहेको बताए । अधिकारीका अनुसार, आश्रमको नाममा १२ सय बिघा जमिन छ । त्यसमध्ये १ सय ५० बिघा सार्वजनिक बाटोमा परेको छ । केही जमिनमा मोही छन् । ६० बिघा जमिन आश्रमले प्रयोग गरेको छ । बाँकी १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा रहेको प्रशासकीय अधिकृत अधिकारीले जनाए ।

    दाङको लमही, घोराही र तुलसीपुरमा रहेको आश्रमको जग्गा कब्जा गर्नेहरूको संख्या आठ सयभन्दा बढी रहेको आश्रमका कर्मचारीहरू नै बताउँछन् । माओवादीको दसवर्षे सशस्त्र द्वन्द्व सुरु भएदेखि आश्रमको जग्गा कब्जा हुन थालेको हो । ‘अतिक्रमण गर्नेहरू कुनै पनि हिसाबले आश्रमसँग जोडिएका छैनन्,’ प्रशासकीय अधिकृत अधिकारीले भने, ‘कुनै प्रकारले नजिक नभएका अवैध व्यक्तिहरूको कब्जामा जग्गा परेको छ । कानुनी रूपमा उनीहरूसँग केही प्रमाण छैन ।’

    स्वर्गद्वारी आश्रमको दाङमा रहेको खर्बौं मूल्य पर्ने जग्गा अतिक्रमणबाट जोगाउनु अहिले चुनौती बढिरहेको अधिकारीहरूको भनाइ छ । ‘वास्तविक मोहीलाई आश्रमले सम्मान गर्नुपर्छ तर अतिक्रमणमा परेको जग्गालाई फर्काउन सक्नुपर्छ,’ अधिकारीले भने, ‘जग्गा फर्काउनु धेरै चुनौतीपूर्ण छ ।’

    अन्नपूर्ण पोस्ट्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij