शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चुनावले खुस्कन लागेको गठबन्धनको गाँठो !

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७८



  • काठमाडौं । सत्ता गठबन्धनको एक हिस्सेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाइरहेका थिए ।

    सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गरेर जानेबारे निर्णय भइनसकेको जनाएका थिए ।

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भएको उल्लेख गर्दै भनेका थिए, ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमति रहेको छ, निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्‍यो । ठीक मूल्यांकन गर्नु पर्‍यो । अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुपर्‍यो ।’

    तर, कांग्रेस उपसभापति खड्काले भने पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने बताए ।
    ‘ गठबन्धन सरकार छ । गठबन्धनमा भएका पार्टीहरू अहिले पहिलो चरणमा हामी जनताको बीचमा जाँदैछौं । अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्ने अहिले छलफलकै विषय हो,’ त्यसक्रममा खड्काले भने, ‘गठबन्धनका विषयमा निर्वाचन प्रक्रिया सुरु भएपछि पार्टीमा व्यापक क्षलफल गरेर टुंगोमा पुग्छौं ।’

    गठबन्धनका विषयमा केन्द्रीय समिति बैठकपछि मात्रै टुंगो लाग्ने पनि उनको भनाइ थियो । तर नेता रामचन्द्र पौडेलले भने संविधानको रक्षाका लागि विगतमा गरिएको गठबन्धनलाई निर्वाचनसम्मै लैजाने बताए । तनहुँ बुधबार एक कार्यक्रममा उनले जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा हुने बताउँदै आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताए ।

    कांग्रेसमा सभापति शेरबहादुर देउवापक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा छ । त्यसैले देउवाले हिजोको बैठकमा समेत गठबन्धनका दलहरुको चित्त दुख्ने गरि अभिव्यक्ति नदिन निर्देशन नै जारी गरेका थिए । तर, नेता शेखर कोइराला पक्ष भने गठबन्धन गरेर अघि जान नहुने पक्षमा रहेका छन् । महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गर्न नहुने विषयलाई जोड दिइरहेका छन् ।

    एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर अघि बढ्दा प्रतिपक्षी एमालेलाई ‘साइज’ मा ल्याउन सकिने हिसाब गरिरहेका छन् । एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत यसबारे बहस भएको छ । कांग्रेसमा गगन थापाहरु एक्लै जानुपर्ने पक्षमा रहेको ब्रफिङ बैठकमा नेता झलनाथ खनालले गरेका थिए । उलने उनीहरुले निकालेको हिसाबसमेत सुनाएको नेताहरुले बताएका छन् । कांग्रेसमा गगनहरुले एक्लै लड्दा ११५ सिट जितिने र गठबन्धन गरेर जाँदा ७० सिट मात्र जितिने हिसाब निकालेको दाबी नेता खनालको छ ।

    उता कांग्रेसले फागुन २९ देखि स्थानीय तह निर्वाचन अभियान सुरु गर्दै छ । एक महिना चल्ने अभियानपछि मात्र कांग्रेसले गठबन्धनबारे औपचारिक निर्णय गर्ने कांग्रेसको तयारी छ । घर घर पुग्ने अभियान चलाउने बताएको कांग्रेसले नेकपाकालीन सरकारको भण्डाफोर अभियान चलाउने जनाएको छ । यसको अर्थ माओवादी र नेकपा एकीकृतका नेताहरुसमेत रहेको तत्कालीन नेकपाको सरकारविरुद्ध कांग्रेस लाग्दा त्यसको प्रत्यक्ष असर ति दललाई पनि पर्ने छ । देशभर पार्टी अवस्था सो समयमा बुझ्दा देखिने एक खालको चित्रपछि गठबन्धनबारे टुंगो लगाउने छ ।

    नेताहरुबीच गठबन्धनका बारेमा फरक फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खस्कन लागेको त होइन भन्ने आशंका उब्जिएको छ । कांग्रेसले तत्कालीन नेकपाको सरकारविरुद्ध र गठबन्धनका नेताहरुलाई आक्रोश पोखिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई होच्याउने काम भइरहेको भन्दै २३ सिट भएकालाई सिंहासनमा पुर्‍याएकाले तल झार्न सक्ने चेतावनी दिएका छन् । नेताहरुबीचको आरोप प्रत्यारोपले गठबन्धनबीचको सम्बन्धनमा समस्या बढ्दै जान सक्ने सम्भावना रहन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij