शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

समानुपातिकतर्फ ३२ लाख मतगणना, कुन दलले कति सिट पाउलान्?

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ९, २०७९



  • प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ।

    अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५ प्रतिशत हो।

    दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसको ८ लाख १२ हजार ८ सय ७५ मत छ। यो कुल मतको २५.३ प्रतिशत हो।

    समानुपातिकको तेस्रो स्थानमा गणना सुरू भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी छ। उक्त पार्टीले ४ लाख २ हजार ९ सय ४० मत प्राप्त गरेको छ, जुन कुल मतको १२.५ प्रतिशत मत हुन्छ।

    स्वतन्त्र पार्टीभन्दा अलि कम मत नेकपा माओवादी केन्द्रको छ। माओवादीको ३ लाख ८४ हजार ८ सय ३९ मत छ, जुन कुल मतको १२ प्रतिशत हुन आउँछ।

    त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको मत २ लाख १३ हजार ८ सय ९० र जनता समाजवादी पार्टीको १ लाख ९ हजार ९ सय ८४ मत छ। यो क्रमश: ६.७ र ३.४ प्रतिशत हुन आउँछ।

    मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।

    प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।

    तर अझै झन्डै ७० लाख मत गन्न बाँकी रहेकाले सिट बाँडफाँटबारे निर्क्यौल गर्न सकिँदैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij