प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०८०
दाङ/ दाङको गढवामा ग्याँस सिलिन्डर लिक हुँदा आगलागी भएको छ । बुधबार दिउँसो साढे १२ बजेतिर गढवा गाउँपालिका-२ रामपुर निवासी शिवलाल कुमालको माटोको कच्ची घरमा ग्याँस सिलिन्डर लिक हुँदा आगलागि भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कुमालको घरमा आगलागि हुँदा दुई लाख बराबरको अन्न, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको छ । मानविय क्षति भने नभएको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij